महाधिबेशन प्रतिनिधिलाई मतदानका लागि उम्मेदवार शाहीको अन्तिम अपिल

सि.टा. समाचरादाता
सिमकोट । हाल काठमाडौंमा जारी रहेको नेपाली काँग्रेसको पन्द्रौ महाधिबेशनमा पिछडिएको कलस्टरमा सहमहामन्त्रीमा उम्मेदवारी दिएका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले देशभरका महाधिबेशनका प्रतिनिधिहरुलाई अन्तिम अपिल गरेका छन । काठमाडौं आएका महाधबिेशन प्रतिनिधिलाई उनले आफुलाई मतदान गर्न उक्त अपिल गरेका हुन ।
काँग्रेस पार्टीका लागि लामो संघर्ष गरेको र यस पटकको महाधिबेशनमा त्यसको मुल्याङ्कन काँग्रेसका महाधिबेशन प्रतिनिधिहरुmले गर्ने उनले बताएका हुन । बिहीबाट बिहान उनले सो अपिल ष्गरेका हुन । पन्द्रौ महाधिबेनशमा देशका ७७ वटै जिल्लाबाट आएका महाधिबेशन प्रतिनिधिहरुले आफुलाई धेरै मतान्तरले विजयी गराउने बिस्वास पिछडिएको कलष्टरबाट सहमहमहामन्त्री पदमा उम्मेदवारी दिएका कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री शाहीले केही समय पछि सुरु हुने मतदानमा आफुलाई मतदान गर्न उनले आग्रह गरेका हुन । पार्टी प्रतिको लगाव, संगठन निर्माणमा भुई तहदेखि गरिएको योगदानको कदर यो महाधिबेशन अवस्य गर्ने बिस्वास उनको छ । उनी सहित सात जनाको उम्मेदवारी परेको छ । पिछडिएका कलस्टरबाट पुर्वमुख्यमन्त्री शाही सहित अन्य छ जनाको मनोनयव दर्ता भएको थियो । सो पदमा मनोनयन दर्ता गर्ने अन्य उम्मेदवारमा कर्णबहादुर बुढा, जनकराज गिरी, मिनबहादुर भाम, नारायण प्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट रहेको छ ।