सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपराधिक घटनाहरु महिनै पिच्छे बृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी कार्यालयले उपलव्ध गराएको बिबरणमा यस्ता घटनाहरु बृद्धि भएका हुन ।
आर्थिक वर्ष ०८३।०८४ को पहिलो तीन महिनामा जिल्लाभर अपराधिक घटनाहरु बृद्धि भई रहेको बिबरण प्रहरी नायव उपरिक्षक शंकर खड्काले कार्यक्रममा प्रस्तुत गरे। उनले अपराधिक घटनाहरु साउन महिनामा पन्द्र, भदौमा सोह्र र असोजमा अठार वटा गरि हालसम्म जम्मा ४९ वटा घटनाहरु भएको बताउनुभयो ।
तीन महिनामा भएका प्रहरीले उपलव्ध गराएको अपराधिक घटनाहरुमा अनुसार अपराधिक घटनाहरुमा घरेलु हिंङ्सा तीस वटा रहेका छन् भने सामाजिक हिङ्सा १९ वटा रहेका छन् ।
त्यसमा अपराधिक प्रकृतिमा डाँका तथा चोरी, करणी, अभद्र ब्यवहार, ज्यान, सवा।ी ज्यान, विधुतीय ठगी, अपहरण तथा शरिर बन्धक पानीमा डुबी मृत अवस्थामा फेला लगाएतका रहेका छन् ।
यी घटनाहरुलाई मेलमिलाप गराउने कार्यमा प्रहरी समेत लागेको छ । यसरी अपराधिक घटना बृद्धि हुनुमा पछिल्लो सयम युवायुवतीमा नैरास्यता आउनु र सामाजिक सञ्जाल भएको छ । यसरी यस्ता खाले घटना बृद्धि भई रहेकोले प्रहरी एक्लैले केही गर्न नसक्ने भएको हुँदा हुम्वासाीले यो समस्या निदानका लागि सहयोग गर्न उनले आग्रह गरे ।










