सि.टा.समाचारदाता
सिमकोट । दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगिताकाे भलिवलतर्फ छात्रमा बालमन्दिर मावि सिमकोट र छात्रातर्फ मानसरोवर मावि सिमकोट विजयी भएका छन । छात्र र छात्रा टिमले फाईनल प्रतिश्प्रधीलाई हराउने विजेता बनेका हुन ।
चार दिनदेखि सञ्चालन भएको सिमकोट गाउँपालिका दोस्रो अध्यक्ष रनिङ शिल्ड प्रतियोगितातर्फको भलिवलमा छात्रतर्फ बालमन्दिर माविले फाईनलमा कर्णाली मावि चौगानफयालाई पाँच सेट मध्य तीन सेट जितेर बिजेता भएको हो । फाईनल खेलमा उपविजेता भएको कर्णाली मावि द्धितीया स्थान भएको छ ।
त्यसैगरि छात्रातर्फ मानसरोवर माविले रलिङ माविबाट विजेता भएको हो भने रलिङ मावि उपविजेता भएको छ । प्रतियोगिता बुधबार आयोजना गरिएका थिए ।
छात्र तथा छात्रतर्फका विजेता विद्यालय र खेलाडीलाई शिल्ड, पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।








