सि.टा.समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमीटेडले असोज महिनामा दुई हजार भन्दा बढी क्वीन्टल खाद्यान्न छुटमा बिक्री गरिएको छ । । चामल तथा तेल लिमीटेडको शाखा र डिपो कार्यालय श्रीनगरबाट सो खाद्यान्न बिक्री गरेको हो ।
अठार दिन लगाएर दश लाख मुल्य बरावरको छुटमा खाद्यान्न बिक्री गरेको छ । यस पटकको चाड पर्वका लागि लिमीटेड केन्द्रले गरेको निर्णय अनुसार हिमाली जिल्ला हुम्लाको सिमकोट शाखा र श्रीनगर डिपोबाट गरि दश लाख सोह्र हजार साठी रुपियाँ मुल्यको खाद्यान्न छुटमा बिक्री गरिएको लिमीटेड हुम्ला शाखाको नायव सुव्वा नविन आचार्यले बताए । लिमीटेडले चामल प्रतिकेनी पाँच रुपियाँ र तेल प्रति लिटर सात रुपियाँमा छुटमा बिक्री गरेको हो । सिमकोट शाखाबाट दुई हजार ३३ दशमलव ७५ क्वीन्टल चामल र पाँच् हजार ४५५ लिटर खानेतेल बिक्री भएको थियो भने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट ४७ दशमलव २५ क्वीन्टल गरि कुल दुवै स्थानबाट दुई हजार ८१ क्वीन्टल खाद्यन्न बिक्री भएको थियो । खाद्यान्न असोज ६ गतेबाट २३ गतेसम्म बिक्री गरिएको हो । लिमीटेडको लक्ष तीन हजार क्वीन्टल खाद्यान्न छुटमा बिक्री गर्ने रहेको भएपनि लक्ष अनुसार भने बिक्री हुन सकेको छैन ।














