काठमाडौं र पोखराका सात जना युवाहरु मोटर साईकलमा पुगे लाप्चा

सि.टा.समाचारदाता
सिमकोट । पर्यटकीय नगरी पोखरा र राजधानी काठमाडौंका सात जनाा युवाहरु मोटर साईकलमा सिमकोट हुँदै लाप्चामा पुगेका छन् । उनीहरु नेपाल भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न मोटर साईकलमा पैदल मार्गबाट आएका हुन ।
लाप्चासम्म सडक खुलेको जानकारी पाएपछि पोखरामा रहँदै आएका युवाहरु मिलेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने उद्धेश्यले पैदल मार्गबाट मोटर साईकलमा हिडेको लेख मगरले बताए । उनले पाँच वटा मोटर साईकलमा सात जना आएको बताउदै चार सिमकोटमा सिमकोट पुगिएको र सिमकोटबाट तीन दिनमा लाप्चा पुगेर फिर्ता भएको बताए । नेपाली भूमि लाप्चा क्षेत्रको प्रचार प्रसार र मानसरोवर कैलाशको दरदर्शनका लागि आफ्नो समुह पुगेको उनले बताए । एक पटक बाह्य देखि आन्तरिक पर्यटकहरु पुगेर लाप्चा क्षेत्रको अवलोकन गर्न समेत उनले आग्रह गरे । त्यसैगरि काठमाडौंका धुर्ववर्ण श्रेष्ठले पनि काठमाडौंबाट सात दिनमा लाप्चा पुगेर फिर्ता भएको बताए । उनी काठमाडौंबाट एक्लै मोटर साईकलमा आएर लाप्चा पुगेका हुन । केही स्थानीय युवाहरु सिमकोटबाट लाप्चा पुगेको भएपनि जिल्ला बाहिरबाट भने पहिलो पटक मोटर साईकलमा आएर लाप्चा पुग्ने कार्य भएको हो ।