यती एअरलाइन्समा २५ हजारमा १० वटा टिकट

सि.टा. समाचारदाता
सिमकोट– यती एअरलाइन्सले नयाँ वर्ष सन् २०२५ को अवसर पारेर ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सका अनुसार टिकट यसरी काटेको टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने यो सेवा र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ । योजनाबारे थप जानकारी पाउन एअरलाइन्सले आफ्नो आधिकारिक वेबसाइट भिजिट गर्न आग्रह गरेको छ ।