सि.टा. समाचारदाता
सिमकोट । जिल्ला कै एक मात्र सिमकोट खेल मैदानको स्तरोन्नतीका लागि हक्की सङ्घ हुम्लाले माग गरेको छ । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको हक्की खेल हुम्लामा हुने भएको हुँदा त्यसका लागि बाँकी मैदानको आवश्यक संरचना निर्माण निर्माणका लागि माग गरिएको हो ।
उक्त प्रतियोगिताको हक्की खेलका लागि हुम्ला जिल्लाको खेल मैदान छनौट भएको बताउदै हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतले खेल मैदानका निर्माण भएपनि बाँकी संरचना निर्माण गर्न आवश्यक रहेको कारण प्रदेश र सङ्घ सरकारसंग माग गरिएको बताए ।
यसका लागि पहल गर्न कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री जीवन बहादुर शाहीलाई पत्र मार्फत हक्की सङ्घ हुम्लाले लिखितै माग गरेको उनले जानकारी दिए ।
हाल दुवो विनाको मैदान मात्र निर्माण भएको र हक्की खेलका लागि आवश्यक पर्ने बिश्राम कक्ष, पिउने पानीको ब्यवस्था, घेरवार, प्यारापिट तथा मैदान मर्मत काम अगाडी बढाउनका लागि सरोकारवाला पक्षलाई उनले आग्रह गरे ।
दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत महिनामा कर्णाली प्रदेशमा हुँदैछ । अहिलेको अवस्थामा हक्की खेल हुम्लाको लेख मैदानमा सञ्चालन गर्न कठि हुने देखिएको छ ।











