सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी केन्द्र्र ताँजाकोटले जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ । तीसौ जनयुद्ध दिवसको अवसरमा ताँजाकोट गाउँपालिकाबाट सहादत प्राप्त गर्ने सहिदका परिवारलाई सम्मान गरेको हो ।
दिवसको अवसर पारी आयोजना गरिएको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाको कार्यक्रममा चौध जना सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा माओवादी केन्द्र ताँजाको गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए ।
माओवादी केन्द्रको प्रदेश समिटि सदस्य समेत रहेका बुढाले जनयुद्ध सफल पार्न आफ्नो ज्यान गुमाएका सहिदलाई सम्झदै र परिवारका सदस्यलाई उत्साह दिन सम्मान गरिएको हो । चौध जनालाई दोसल्ला ओढाएर सम्मान प्रत्र प्रदान गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य रणसिंह परियार, गाउँपालिका अध्यक्ष लालकेश जैसी लगाएतको उपस्थिती रहेको थियो ।
त्यसैगरि देउडा गायकको उपस्थितीमा देउडा गाउने र साँस्कृति कार्यक्रम पनि आयोजना गरिएको थियो । सो कार्यक्रम फागुन २ गते पनि आयोजना गरिनेछ ।























