सि.टा. समाचारदाता
सि.टा. । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बिहान सिमकोट गाउँपालिका– ५ को शिब मन्दिर र सिमसार क्षेत्र सरसफाई गरिएको छ । उक्त क्षेत्र घेरबार बिहीन भएको कारण जथाभावी फोहोर फाल्नाले कुरुप बनेपछि सरसफई गरिएको हो ।
प्रजातन्त्र दिवस मनाउने क्रममा सदरमुकामको पर्यटकीय क्षेत्र सिमसारको सरसफाई गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । सिमसार क्षेत्रलाई गरिएको घेरवार भत्किएर जिर्ण भएपनि त्यहाँ जाने स्थानीयले जथाभावी फोहोर फाल्ने कार्य गरेको कारण निक्कै फोहोर देखिन थालेपछि सबैको सल्लाहमा सरसफाई गरिएको हो ।
सिमसार क्षेत्र कागज, प्लाष्टिक, पेय पदार्थका खाली बोतल, थोत्रा पुराना कपडा, झारपात, पशुवस्तुको गोबर लगाएतका फोहोरले कुरुप देखिन थालेपछि पहिलाृ पटक सरसफाई गरिएको हो ।
सरसफाईका क्रममा पजलाउन मिल्ने फोहोरलाई जलाईएको थियो भने अन्य फोहोरलाई जम्मा पारिएको र सिमकोट गाउँपालिका बोरामा जम्मा गरेर डम्पिङ साईटमा फाल्ने तयारी गरिएको छ । सरसफाई गरिएपछि सिमसार क्षेत्र सफा देखिएको छ ।
यसअघि सिमकोट कै शिब मन्दिर पनि सरसफाई गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको सरसफाई कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई, काँग्रेस उपसभापति कैलाश भण्डारी, एमाले उपाध्यक्ष प्रकाशबहादुर शाही, राप्रपा अध्यक्ष बिकास महत लगाएर सरकारी कार्यालयका प्रमुख र सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।












