सिस.टा. समाचारदाता
सिमकोट । फागुन १८ गतेबाट सुरु गर्न लागिको पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियानका क्रममा किशोरीलाई जोखिम देखिए त्यसको उपचार गर्नका लागि चिकीत्सक खटाईने भएको छ । यसका लागि एक जना चिकीत्सकले दुई वटा गाउँपालिका हेर्ने गरि जिम्मेवारी दिईएको छ ।
एचपिभी खोप अभियान वारे जानकारी गराउन आयोजित कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयकी प्रमुख चिकीत्सक प्रक्षिता भारतीले सो जानकारी दिईन । खोप अभियान सफल पार्न र यसका बारेमा कुनै चित्ना नलिनका लागि लक्षित वर्गका किशोरीलाई सहभागी गराउनका लागि अभिभावक, विद्यालय परिवार, सञ्चार माध्यामलाई सहयोग गर्न उनले आग्रह गरिन ।
खोपबाट किशोरीहरुलाई केही गरि कुनै जोखिम देखिए चिकीत्सकको सम्पर्क ल्याउन, कल सेन्टर वा चिकीत्सक कै मोवाई नम्बरमा सम्पर्क गर्ने ब्यवस्था पनि गरिएको छ । यो अवधिभर चिकीत्सकहरु तयारी अवस्थामा रहने ब्यवस्था गरिएको छ । त्यसैगरि खोपबाट कोही नछुटुन भनेर अनुगमनको पनि ब्यवस्था गरिएको छ । यसका लागि खेप केन्द्र छनौट गरेर अनुगमन गरिने छ ।












