सि.टा. समाचारदाता
सिमकोट । नेकपा एकिकृत समाजवादीको दशौ जिल्ला अधिबेशसनको लोगो सार्वजनिक गरिएको छ । उक्त पार्टीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आफ्नो लाेगो सार्वजनिक गरेको हो ।
उक्त पार्टीले आफ्नो लाेगोमा चंखेली हिमाल, कस्तुरी र खार्पुनाथस्थित कर्णाली नदीको चित्रलाई लोगोमा राखिएको छ । लोगोमा ती चित्रहरु राख्ने निर्णय यसअघि वसेको उक्त पार्टीको बैठकले निर्णय गरेको हो । उक्त् लोगो सार्वजनिक गर्ने कार्यक्रममा उक्त पार्टीको पोलिट व्यूरुो सदस्य हस्तबहादुर शाही, केन्द्रीय सदस्य शिबराज शर्मा, प्रेमकला शाही, जिल्ला सचिव कमल छत्याल लगाएतको उपस्थिती रहेको थियो ।




















