बोक्चे गौडा सडक चार दिनका लागि बुधबारबाट सुचारु

फोटो क्याप्सन हाल निर्माण कार्यले बन्द गरिएको बोक्चे गौडा सडक । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । बन्द हुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो ।

मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक बैशाख १० गते बुधबार बिहान साँढे एघचर बजेवाट १३ गतेसम्म सञ्चालन भएको छ । माथिल्लो तीन वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि बिकास निर्माण, ब्यापारिक प्रयोजनका सामाग्री भित्र्याउन र यात्रुहरुको सहजताका लागि नेपाली सेनाले सडकको निर्माण कार्य रोकेर सुचारु गरिएको हो । सडक सञ्चालन हुने चार दिन सबै खालका यातायातका साधनहरु सुचारु हुने छन ।

यसबाट चार दिनको अबधिमा सबै खाले यातायातका साधन संचालन गराएर सबै सेवा प्रदायक निकायहरुलाई सेवा प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । बिकास निर्माणका काममा बाधा नपुगोस र यात्रुहरुलाई पनि आवातजावतमा सहजता होस भन्ने सेनाले चार दिन सडक निर्माणको काम रोखेर सुचारु गरेको हो । उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले सबैलाई सहय हुने गरि सडक सुचारु हुनु राम्रो कार्य भएको बताउदै यसले असजिलो बोक्चे गौडाको सडक पनि निर्माण हुने र अन्य काम पनि नरोकिने अवस्था आएको बताए ।

सडक बन्द हुँदा धेरै ब्यापारी मर्कामा परेको बताउदै उनले अब चार दिनमा आआफ्नो सामाग्री समयमै ओसार्ने बाताबरण निर्माणमा लाग्न आग्रह गरे । त्यसैगरि निर्माण ब्यवसायी सरोज रावतले पछिल्लो समय निर्माणका लागि टेण्डर आव्हान गरिएका कामहरु रोकिने अवस्था रहेको बेला सडक सञ्चालनमा आएने भएपनि केही सहज भएको बताए । गत चैत्र २५ गते बाट सेनाले सडक निर्माणको काम गर्दै सडक बन्द गरेको थियो ।