लोग भण्डारी
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका बाल स्वास्थ्य सूचकहरुमा कर्णाली प्रदेशका सबै स्थानीय तह मध्य उत्कृष्ट ठहरिएको छ । बाल स्वास्थ्य सूचकहरुका क्षेत्रमा राम्रो कार्यसम्पदान गरेको कारण उत्कृष्ट अङ्क सहित प्रदेश मै पहिलो भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्यण महाशाखाले गत आर्थिक वर्षमा बाल स्वास्थ्यको लागि सफल राष्ट्रिय कार्यक्रम नवजात शिशु तथा बालरोगको अवस्थाका बारेमा गरेको तुलनात्मक अध्ययनबाट कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्य सबै भन्द बढी अङ्क प्राप्त गर्ने हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकालाई सम्मान गरेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाका डा. रितेश अधिकारीले बताए ।
ताँजाकोट गााउँपालिकाले १०८ शमलव २२ अङ्क प्राप्त गरेर कर्णाली उकृष्ट भएको हो । महाशाखाले पाँच वर्षमूनिका बालबालिकाहरुलाई झाडा पखालाको उपचार, जिङ्क र ओअरएको प्रयोग र पाँँच वर्षमूनिका बालबालिकालाई निमोनियाको उपचारमा एन्टिवायोटिकको प्रयोग सम्वन्धि तत्थ्याङहरुको तुलनात्मक अध्ययन गरेको थियो ।
महाशाखाले कार्यक्रमको आई.एम.एन.सि.आई. रजत जयन्ती २०८२ को अवसरमा पालिकाको स्वास्थ्य शाखाले बाल स्वास्थ्यका सूचकहरुमा प्रदेश भरमा राम्रो कार्यसम्पादन गरी उत्कृष्ट नम्बर प्राप्त गरेको ताँजाकोट गाउँपालिका स्वस्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।
विगतका दिनहरुमा पालिकाले गरेको बाल स्वास्थ्य सम्बन्धी कार्यक्रम सरकारले तोकेको समयमा सम्पन्न गरेको हुनाले उत्कृष्ट भएको हो । सरकारले बाल स्वास्थ्यका सूचकहरु तोकिए बमोजिमका सबै चरणहरु पुरा गरेपछि प्रदेश भरको उत्कृष्ट पालिका बन्न पुगेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य मन्त्रालयले कदरपत्र सहित पुरस्कार प्रदान गरेको छ । पालिकामा भएका बालबालिकाहरुको बाल स्वास्थ्यका लागि बालबालिका निरोगी हुनुमात्र नभई शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रूपमा तन्दुरुस्त अवस्था गर्न आफु मात्रै नभई स्वास्थ्य संस्थामा कार्यरत सबैको भुमिका उतिकै रहेको उनले बताए ।
बालबालिकालाई विकासको क्रममा केही रोगहरू लाग्ने, सानातिना रोगले बालबालिकाको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने, बालबालिकाले कुनै विषाणु विरुद्ध प्रतिरक्षा शक्ति विकास गर्न नसक्दा आफुहरुको लागि परेका कारण यो सफता प्राप्त भएको संयेजक ढकालको भनाई छ । स्वास्थ्य शाखा ताँजाकोटलाई मन्त्रालयले सम्मान गरेकोमा स्वास्थ्य सेवामा खटि रहने महिला स्वास्थ्य स्वयम सेविका, फेज नेपाल, स्वास्थ्यकर्मी, लगायत सबै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिदै स्वास्थ्य शाखा संयोजक ढकालले यो कदरपत्रले अगामी दिनमा काम गर्न थप हौसला प्राप्त भएको बताए ।



















