सि.टा. समाचारदाता
सिमकोट । समाजमा बिद्यमान रहेको कुरिती बिरुद्ध शनिबार सडक नाटक प्रस्तुत गरिएको छ । कुरिती हटाउनका लागि जनचेतना जोगाउनका लागि सार्वजनिक कार्यक्रमको आयोजना गरेर सडक नाटक प्रस्तुत गरिएको हो ।
हुम्लाका अधिकास बस्तीमा सामाजिक मान्यताको कारण बिद्यमान रहेको छाउपढी प्रथा, बोक्सी प्रथा, बिरामी हुँदा सर्व प्रथम धामी झाँक्रीको शरणमा पुग्ने सामााजिक कुरितीको बिरुद्ध जनचेतना जोगाउनका लागि सडक नाटक प्रस्तुत गरिएको थियो । सामाजिक कुरिती शिर्षकमा नाटक कलकारले सञ्चालन गर्नु भएको हो ।
अहिले पनि अपांङ हुँदा सुरुमा स्वास्थ्य चौकी वा अस्पताल जानु भन्दा सुरु मै धामीकोमा पुग्ने चलनलाई सडक नाटक माार्फत सार्वजनिक गरिएको थियो । त्यसैगरि बिरामी हुँँदा धामी बसाल्ने र धामीले भने अनुसार घोडा चढाउने, बोकाको बली दिने चलन रही आएकोले त्यसको पनि सडक नाटक मार्फत सार्वजनिक गरिएको र नाटक मार्फत त्यसको
समाधानका रुपमा अस्पताल जानु पर्ने सन्देश नाटकले अत्यमा दिएको थियो । अर्को कुरा महिलाहरु महिनावारी भएको बेला एक हप्ता बार्नु पर्ने, त्यो अवधिमा धामी बसाल्न नहुँने, सबैबाट अलग रहनु पर्ने कुरालाई पनि नाटक मार्फत स्थानीइ कलकारले सार्वजनिक गर्नु भएको थियो ।
यसैगरि मानव अधिकार हननका बिषय पनि सडक नाटक मार्फत सार्वजनिक गरिएको र मानव अधिकारकर्मीद्धारा मानव अधिकारीका बारेमा पनि जानकारी गराउने कार्य गरिएको थियो । सडक नाटक स्थानीय कालीबहादुर कलाकार शाही, शिबराज बोहरा, भुवन भण्डारी, लक्ष्मी भण्डारी, स्मृति भण्डारी, बसन्त परियार, लक्ष्मण रावत र एैटन रावलले अभिनय गर्नु भएको थियो । सडक नाटक हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) को सुधारिएको मानव अधिकारको स्वतन्त्रता समावेशी हुम्ली समजके सुनिश्चित परियोजनाको आयोजना र मिसनिष्ट नेपालको आार्थिक सहयोग रहेको छ ।






















