बजार अनुमगन कार्य सम्पन्न

फोटो क्याप्सन बजार अनुगमन गर्दै टोली । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । बुधबार सिमकोट बजारको अनुगमन गर्ने कार्य भएको छ । सो क्रममा बजारमा भेटिएको फलफुल, तरकारी र पेय पदार्थ नष्ट गरिएको छ । कुहिएको तरकारी र फलफुल तथा म्याद गुज्रेको पेय पदार्थ बरामद गरेर नष्ट गरिएको हो ।

बिहान बजार अनुगमन गर्ने क्रममा बजारमा भेटिएको कुहिएको तरकारी तथा फलफुल बरामद गरेर नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख हिरा शर्माले बताईन । कुहिएको तरकारीमा टमाटर, बन्दा, काउली र फलफुलमा स्याउँ, अङ्गुर र सुन्तोला बिक्रीका लागि राखिएको पाईएपछि त्यसलाई बरामद गरेर नष्ट गरिएको होे ।

यसरी कुहिएको फलफुल र तरकारी बिक्रीका लगि राख्ने ब्यापारीलाई चेतावनी समेत दिईएको छ । त्यसैगरि बजार अनुगमनका क्रममा उपभोगका लागि म्याद गुज्रेको पिय पदार्थ समेत बरामद गरेर नष्ट गरिएको छ । ब्यापारीहरुले पसलमा मुल्यसुचि नराखेको, करचुक्ता र नविकरण नगरेको पाईएपछि त्यस्ता पसलेलाई म्याद दिएर आफ्ना आवश्यक कागजात तयारी अवस्थामा राख्न समय सिमा दिईएको छ ।

होलसेल तथा ठुला ब्यापारीहरुको पसलको अनुगमन गर्ने कार्य गरिएको छ । सो कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्य्र चन्दको उपस्थिती रहेको थियो भने बजार अनुगमन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा सरोकारवाला पक्षको उपस्थितीमा गरिएको हाे ।