बेरोगजार महिलालाई कपडा बुनाई तालिम

फोटो क्याप्सन सहभागी महिलाले कपडामा रंग लगाउने काम गर्दै  । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । बेरोजगार महिलाहरुलाई कपडा बुनाई र तयारी सम्वन्धि तालिम प्रदान गरिएको छ । उक्त रातो काम्लो लगाएतका कपडा बिक्री राम्रो हुने भएपछि महिलालाई सीप सिकाएर स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो ।
ऊनका कपडा बुनाई तालिम सिकेको बतााउदै सहभागी प्रेममाया लामाले अब ब्यवसायीक रुपमा रातो काम्लो उत्पादन गर्ने किसिमले यो ब्यवसाय सुरु गर्ने बताईन ।

तालिम उपयोगी भएको बताउदै उनले स्थानीय सीपको समेत सदुपयोग हुने जनाईन । तालिममा सिकेका कपडा तानमा बुन्न र रंग लगाउन जानेकोले काम गर्न सहजै हुने छ । हुम्लाका चार वटा गाउँपालिका खार्पुनाथ, सर्केगार्ड, सिमकोट र नाम्खाका बाह्र जना महिलाले साठी दिने यो तालिम लिएको र यसबाट स्वरोजगार बन्न सहज हुने तालिमका सहजकर्ता होजार लामाले बताईन ।

तालिमका क्रममा रातो काम्लो, सल र कुर्ता बुनाई र रङ्ग रोगन गर्ने कार्य पनि सिकाईएको छ । सहभागी महिलाहरुले बीस वट सल, र चार थान काम्लो र तीन थान कुर्ता तयार पार्नु भएको छ । सहजकर्ता लामा हुम्ला कै स्थनीय हुुन्छ । यो तालिम एक जिल्ला एक उत्पादन कार्यक्रम अन्र्तगत उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेको कार्यालय प्रमुख हिरा शर्माले बताए ।

तालिम पश्चात सबै सहभागीको नाममा उद्योग दर्ता पनि कार्यालयले गर्ने बताउदै उनले त्यसपछि तान लगाएतका सामाग्रीहरु पनि अनुदानमा प्रदान गर्ने बताईन । यसका लागि पन्द्र लाख रुपियाँँ कार्यालय लगानी गरेको छ  । सहभागी महिलाहरुले तालिम पछि ब्यवसाय पनि सुरु गर्ने प्रतिबद्धता जनाएकी छन । रातो काम्लोका एक थानमा पैतीस हजार, सल प्रतिथान आठ हजार र कुर्ता दश हजार रुपियाँँ मुल्य पर्ने गर्छ ।