रेडियो कैलश १८ औं वर्षमा प्रवेश

फोटो क्याप्सन रेडियो कैलाशको वार्षिक उत्सव मनाउने कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा. समाचारदाता

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला कै पहिलो सामुदायीक रेडियो सामुदायीक रेडियो कैलाश अठारौं वर्षमा प्रवेश गरेको छ । रेडियोले १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना आफ्नो वार्षिक उत्सव मनाएको हो ।

रेडियोको बार्षिक उत्सव मनाउने क्रममा शुभकामना दिने क्रममा बक्ताहरुले हालसम्म जिल्लाको सञ्चार क्षेत्रमा रेडियो कैलाशको योगदान ठुलो रहेको बताएका छन । अझै रेडियो कैलाशले समाजमा परिवर्तन गर्नका लागि बाँकी रहेको र त्यो पुरा गर्न आवश्यक रहेको सुझाव बक्ताहरुले दिएका थिए ।

त्यसैगरि बक्ताहरुले सञ्चार माध्यम र सञ्चारकर्मी निष्पक्ष र स्वतन्त्र हुनु पर्ने सुझाव पनि दिएका थिए । सञ्चार माध्यामहरुले बिस्वास कमाएपछि सबैले पढ्ने, सुन्ने र हेर्ने कार्य हुने पनि बताएका थिए ।

यसरी शुभकामनाका साथै सुझाव दिनेमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, अदानचुली गाउँँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंह, चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही,

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, उद्योग बाणिज्य संघका अध्यक्ष रामवहादुर भण्डारी, प्रेश युनियन, प्रेस सेन्टर, रेडियो कर्णाली आवाजमा प्रमुख लगाएतका ब्यक्ति रहेका थिए । यसअघि केक काटेर रेडियो स्थापना दिवस मनाउने कार्यक्रमको उद्घाटन गरिएको थियो ।