सि.टा समचारदाता
सिमकोट । पाँच महिनामा नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालयले साँढे अठार लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । हिल्सामा चीनको ताक्लाकोटबाट ब्यापारीहरु आयात गरेको सामााग्रीबाट सो राजस्व संङ्कलन भएको हो ।
यस आार्थिक वर्षको गत साउन महिना यता यारी नाका भन्सार कार्यालयले अठार लाख ६५ हजार रुपियाँ राजस्व असुली गरेको कार्यालय प्रमुख रामराज जैसीले बताए । ताक्लाकोटबाट बिकास निर्माणका समाग्री, दैनिक उपभोग्य सामान, लत्तकपडा लगाएतका सामानहरु आयात हुने गरेको छ । चीनले हिल्सा नाका खुल्ला राखेको भएपनि पुस महिनायता भने सामान आयात बन्द भएको कारण कारोवार बन्द भएको छ ।
अझै बैशाख, जेठ र असार महिना बाँकी नै रहेको कारण यो आर्थिक वर्ष राजस्व असुली बृद्धि हुने छ । यो राजस्व गतवर्ष भन्दा दोब्बर हो । गत वर्ष बिभागले पाँच लाख रुपियाँँँ यारी नाका भन्सार कार्यालयलाई राजस्व असुलीको लक्ष्य दिएकोमा नौ लाख रुपियाँ असुली भएको थियो ।


















