सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौंसम्म बस सेवा सञ्चालनमा आउदा भाडादर सस्तिएको छ । यसअघि बोलेरो जीप मात्र सञ्चालन हुदा भाडादर मनोमानी असुल्ले भएको कारण यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता रहेको र सो अवस्था हाल हटेको हो ।
यसअघि सिमकोटबाट नेपालगंज बोलेरो जीप रिजर्भ गरि यात्रा गर्नु भएका यात्रु धर्मराज रोकायाले बस सेवा सञ्चालनमा आए संगै भाडादर निक्कै सस्तिएको बताए । सिमकोटबाट नेपालगंज बसमा यात्रा गर्दा दुई दिन लाग्ने र भाडादर पाँच हजार पाँच सय रुपियाँ लिने गरिएको छ । जव कि उहाँले वोलेरो जीप रिजर्भ गर्दा सिमकोटबाट नेपालगंजको यात्राका लागि पाँँच जना यात्रुहरुले पचास हजार रुपियाँँ तिर्नु भएको थियो ।
बस सेवा सञ्चालनमा आएपछि भाडादर सतप्रतिशत सस्तिएको हो । यसरी भाडादर सस्तिएको सिमकोट नेपालगंजका लागि मात्र नभएर सिमकोटबाट नेपालगंजसम्मको यात्रामा पर्ने पच्चीस स्थानको भाडा पनि सस्तिएको छ । हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष बिशाल रोकायाले सम्पुर्ण यात्रुहरु नठगिउन र भाडामा एक रुपता कायम होस भनेर हुम्लादेखि काठमाडौंसम्म यात्रा गर्दा पर्ने स्थानको भाडादर निर्धारण गरिएको र यसबाट बस भाडादर पनि सस्तिएको बताए । प्रालिले निर्धारण गरेको सिमकोटबाट काठमाडौंसम्मको भाडादरमा सिमकोट स्याम्ने एक सय रुपियाँँ, खार्पु दुई सय, याङ्चु साँढे दुई सय, बोक्चे गौढा तीन सय, लालिबगर साँढे तीन सय, सुनाखाडा चार सय, रिप छ सय, स्याल्तडी आठ सय, सर्केगार्ड एक हजार, सलीसल्ला एक हजार १५०, बाग्रेचौर एक हजार २५०, खच्चा एक हजार तीन सय, तुम्च चौध सय, मकै एक हजार पाँँच सय, गल्फागार्ड एक हजर ६५०, दोमुख एक हजार आठ सय, पैमा एक हजार ९५० र दुई हजार रहेको छ । यी स्थानहरु सवै हुम्ला जिल्लामा पर्छन ।
त्यसैगरि सिमकोटबाट बाजुराको धुलाचौर दुई हजार तीन सय, पीलु चौर दुई हजार पाँच सय, बेर्मा दुई हजार ६५०, काब्डी दुई हजार सात सय र कालीकोटको घाटा चौर, दुई हजार आठ सय, सान्नीघाट दुई हजार नौ सय, जिते तीन हजार पाँच सय, सुर्खेत पाँच हजाार रुपियाँ भाडादर कायम गरिएको छ । सिमकोटबाट नेपालगंज पाँच हजार पाँच सय र काठमाडौंसम्म सात हजार पाँच सय रुपियाँ भाडा कायम गरिएको छ । हाल सिमकोटबाट नेपालगंजका लगि हुम्ला हिल्सा प्रालि र सिमकोटबाट काठमाडौं बटालीयन प्रालिले बस सेवा सञ्चालन गर्दै आएका छन । दुवै प्रालिले दैनिक एउटा बस सञ्चालन गर्दै आएका छन्


















