सि.टा. समाचारदाता
सिमकोट । गत मंगलबार राती भएका आगलागी पिडितलाई राहत सहयोग गरिएको छ । गुडनवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको सहजिकरणमा सो सहयोग गरिएको हो ।
आगलगाीबाट सम्र्पुण क्षेती ब्यहोर्नु भएका सिमकोट गाउँपालिका– ७ को डाँडाफयाको पाल्टसीका पिडित एक परिवारलाई राहत सहयोग गरिएको छ । सो सहयोग बिहीबार स्थलगत रुपमा पुगेर सहयोगी निकाय गुडनवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र किडार्क हुम्लाको सहजिकरणमा सो सहयोग गरिएको किडार्क हुम्लाका जिल्ला संयोजक जनक बुढाले बताए ।
यसरी गरिएको सहयोग आगाडाी पिडित देबबहादुर शाहीलाई दिन उनका छोरा भागिन्द्र शाहीलाई प्रदान गरिएको हो । राहत सहयोग गरिएका सामाग्रीहरुमा कम्बल, वेड, डस्ना, प्लाष्टिक जग, प्लाष्किटका कचौरा, ग्लालेन, डिक्ची, सावन कपडा धुने र नुहाउने, व्रस, मन्जन, वाटा, कप लगाएतका सामाग्रीहरु रहेका छन् ।
यसअघि बिहीबारै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी घटनास्थलमा पुगेर राहत सामान प्रदान गरेका थिए । सो आगलागीमा पिडित शाहीको तीन तले कच्ची जस्ता छापेको घर पुर्ण रुपमा जलेको थियो । भने घरमा रहेको सवै सामानहरु प्नि नष्ट भएको थियो । घरमा रहेको शाहीले केही दिन अगाडी बुझेको सामाजिक सुरक्षा भत्ता समेत जलेर नष्ट भएको थियो ।
























