स्वास्थ्य संस्थाहरुको अर्धबार्षिक समिक्षा

फोटो क्याप्सन आफ्नो प्रगति प्रस्तुत गर्दै स्वास्थ्यकर्मी  तस्बिर : सि.टा 

सि.टा. समाचारदाता

सिमकोट । स्वास्थ्य संस्थाहरुले आफ्नो सेवा प्रवाह र ब्यवस्थापनमा निक्कै सुधार ल्याउने कार्य गर्न सफल देखिएका छन् । सिमकोट गाउँपालिका सतरीय स्वास्थ्य संस्थाहरुको अर्ध बार्षिक समिक्षा कार्यक्रममा ती स्वास्थ्य संस्थाहरुले प्रस्तुत गरेको प्रगतिको प्रस्तुतीको बिबरणबाट सो कुरा देखिएको हो ।

दुई दिनसम्म सञ्चालन भएको अर्धवार्षिक समिक्षा कार्यक्रममा सिमकोट गाउँपालिका भित्रका १२ स्वास्थ्य संस्थाहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम भएको हो । सो कार्यक्रममा विगतमा भन्दा हरेक क्षेत्रमा सुधार गर्न ती संस्था संस्थाहरु सफल भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए ।

एउटा स्वास्थ्य संस्था छ महिनामा गरेका सबै सेवा प्रबाह र अन्य कार्यको समेत प्रस्तुती गरिएको थियो । सबै स्वास्थ्य संस्थाहरुले आफ्नो प्रगति पावर प्वाईनटमा प्रस्तुत समेत गरेका थिए । यसमा छ महिनाको अवधिमा सेवा प्रवाहदेखि अन्य ब्यवस्थापन र प्रगति बिबरण पठाउने कार्यमा उल्लेख्य सुधार गर्न स्वास्थ्य संस्था सफल भएको उनको भनाई छ ।

कुनै समय ती स्वास्थ्य संस्थाका जनशक्ति आफ्नो प्रगति विवरण प्रस्तुत गर्न समेत अकमकाउने गरेकोमा हाल त्यो अवस्था समेत हटेर निधक्कका साथ आफ्नो प्रगति प्रस्तुत गर्न सफल भएको उनले बताए ।

समिक्षाको दुवै दिन स्वास्थ्य संस्थाहरुले आआफ्नो संस्थाले छ महिनामा गरेका कामको प्रगति पेश गरेका थिए भने त्यसमा केही सुझाव समेत लिनु परेको थियो । सिमकोट गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, पाँच वटा सामुदायीक स्वास्थ्य सेवा इकाई र तीन वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेका छन् । यसमा जिल्ला अस्पताल समेत रहेको छ ।