काँग्रेसका राेकाया ३५७ मतले अगाडी

फोटो क्याप्सन काँग्रेस उम्मेदवार जयपति रोकाया । तस्बिर :सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना कार्य जारी रहेको छ । पाँच वटा गाउँपालिकाकगाउँपालिकाका तीन वटा मतदान केन्द्रको मतगणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाले अग्रता लिनु भएको हो ।

यो समाचार तयार पारुन्जेलसम्म सिमकोट सहित पाँच वटा गाउँपालिकाको मतगणना पुर्ण र सिमकोट गाउँपालिकाका तीन वटा मतदान केन्द्रहरुको मतगणना जारी रहेको मुख्यनिर्वाचन अधिकृतकोक राेकायाले जनाएको छ । अझै सिमकोटका छ वटा र नाम्खा गाउँपालिकाका बाह्र वटा गरि अठार वटा मतदान केन्द्रको मतगणना कार्य बाँकी रहेको छ ।

यो अवधिसम्म नेपाली काँग्रेसका उम्मेदवार रोकायाले छ हजार ३२७ मत ल्याएर अग्र स्थानमा रहेको छ । उनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रा्ेकाया भन्दा ३७५ मतले अगाडी रहेको छन् । नेकपा डाक्टर रोकायाले पाँच हजार ९७० मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५ मत प्राप्त गरेका छन् । रास्वपाकी टासी लाजोमले १७५ मत ल्याएकी छन भने राप्रपाका छक्क बुढाले एक सय एघार मत ल्याउनु भएको छ । त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले ११५, प्रलोपाका जटिल कार्कीले २४४ मत ल्याउनु भएको छ भने ३०८ मत बदर भएको छ । हालसम्म सोह्र बजार ८५४ मत गणना भएको छ । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।