एचपिभि खोप सञ्चालन सम्वनिध स्थानीय तहका सरोकारवाला पक्षसंगका अभिमुखीकरण कार्यक्रम सुरु

सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सात वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुखहरुसंगको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । एचपिभि खोप सञ्चालन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा खार्पुनाथ गाउँपालिकाको केन्द्र याड्चु बजारमा सुरु भएको हो ।

खार्पुनाथ गाउँपालिकाका कावा अध्यक्ष भरतजंग शाहीको प्रमुख आथित्य र स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर उपमाकान्त तिवारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै खार्पुनाथ गाउँपालिका कावा अध्यक्ष शाहीले यो कार्यक्रम प्रभावकारी हुनु पर्ने बताए ।

त्यसैगरि खार्पुनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यो कार्यक्रम महत्वपुर्ण भएको र अझ पहिलो पटक आफ्नो गाउँपालिकामा सञ्चालन गरिएको धन्यवाद दिए । त्यसैगरि पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत यस्ता कार्यक्रम गाउँपालिका स्तरमा गरिनु सकरात्मक पक्ष भएको र आगामी दिनमा यस्ता कार्यक्रम सात वटै गाउँपालिकामा सञ्चालन गरिनु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयमा प्रमुख डाक्टर तिवारीले यो कार्य सफल र सहज रुपमा अगाडी बढाउनु पर्ने बताए । कार्यक्रममा सवैको सकृय सहभागिताका लागि उनले आग्रह समेत गरे । कार्यक्रममा सात वटै गाउँपालिकाका स्वास्थ्य र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ । उद्घाटन पछि प्राविधिक सत्र सुरु हुनेछ ।