गम्भीर घाईते चालकको उपचारका क्रममा मृत्यु

सि.टा. समाचारदाता

सिमकोट । शुक्रबार बेलुका सिमकोट गाउँपालिका– ६ को ग्वालढुस्कामाा सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परि गम्भीर घाईते भएका चालकको मृत्यु भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाईते अवस्थामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सिमकोट गाउँपालिका–६ कै लाग्नाबाट सिमकोटतर्फ आउदै गरेको ट्याक्टर ग्वालढुस्काको सडकमा दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका – ६ निवासी २५ वर्षका नरेन्द्र सुनारको मृत्यू भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकीत्सक भिमबहादुर बुढाले बताए । गम्भीर घाईते अस्पतालमा उपचार भई रहेको बेला शनिवार राती चालक सुनारको मृत्यु भएको हो ।

ग.१.त.७०६७ ट्याक्टर चली रहेको बेला अचानक अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि चालक सुनार गम्भीर घाईते अवस्थामा प्रहरीले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्याएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने चिकीत्सकले जनाएर रिफर गरिएको थियो