लाशको पोष्टमार्टम कार्य सम्पन्न

फोटो क्याप्सन लाशको पोष्टमार्टम पछि अन्मि संस्कारका लागि लगिदै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता

हुम्ला । शनिबार राती ट्याक्टर दुर्घटनमा परि जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएका चालक नरेन्द्र सुनारको पोष्टमार्टम कार्य सम्पन्न भएको छ । मृतकका परिवार र ट्याक्टर धनीवच सहमति भएपछि मृतकको लाशको जिल्ला अस्पतालमा पोष्टमार्टम कार्य भएको हो ।

मृतक सुनार र ट्याक्टर धनी सिमकोट गाउँपालिका– ७ का नरेन्द्र शाहीविच क्षेतीपुर्तीृ दिने सहमति हुँदा लाशको पोष्टमार्टम कार्य भएको हो । दुई पक्षीय सहमति अनुसार ट्याक्टर धनी शाहीले मृतकका परिवारलाई साँढे पाँच लाख रुपियाँ निेछन् ।

मृतक चालकका घरपरिवारले क्षेतीपुर्तीको माग पुरा नहुदासम्म अन्य कार्य अगाडी नबढाउन आग्रह गरेपछि लाशको पोष्टमार्टम कार्य रोकिएको थियो । सहमतिपछि मृत्यु भएको चौथो दिनमा पोष्टमार्टम भएर लाश घरपरिवारको जिम्मा लगाउने कार्य भएको प्रहरुरी निरीक्षक युवराज ढकालले बताए । लाश आफन्तले बुझेपछि अन्तिम दाहसंस्कार तयारी कार्य समेत भई रहेको छ ।

गत शुक्रबार बेलुका सिमकोट गाउँपालिका– ६ को ग्वालढुस्कामाा सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परि चालक गम्भीर घाईते अवस्थामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाईते चालकको अस्पतालमा उपचार भई रहेको बेला शनिवार राती चालक सुनारको मृत्यु भएको हो ।

ग.१.त.७०६७ ट्याक्टर चली रहेको बेला अचानक अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खसेको थियो । मृतक सुनारका एक श्रीमति र छोरी रहेका छन् ।