हुम्लाका छ वटा परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण सुरु

फोटो क्याप्सन हिमज्योती मावि परिक्षा केन्द्रमा उत्तर पुस्तिका परिक्षण गरि रहेको बेला प्रजिअ टेककुमार रेग्मी र गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया अनुगमन गर्दै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता

हुम्ला । हिमाली जिल्ला हुम्ला ढिलो गरि भएपनि छ वटा एसईई परिक्षा केन्द्रमा उत्तरपुस्तिकमा परिक्षण कार्य सुरु भएको छ । उत्तरपुस्तिका परिक्षण सम्वन्धि कार्यबिधि ढिलो गरि प्राप्त हुनु र बिहीबार रातीबाट हुम्लामा मोवाईल तथा इन्टरनेट सेवा अवरुद्ध भएको कारण शुक्रबार बिहानबाट मात्र उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको हो ।

शुक्रबार बिहानबाट जिल्लाका छ वटा एसईई परिक्षा केन्द्रमा उत्तरपुस्तिका परिक्षण कार्य सुरु भएको शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त प्रमुख खड्क बहादुर हमालले बताए । उत्तरपुस्तिका परिक्षण कार्य अनिवार्य अंग्रेजी बिषयको सुरु भएको उहाँले बताउनुभयो ।

यसरी उत्तरपुस्तिका परिक्षा सुरु भएका एसईई परिक्षा केन्द्रहरुमा सर्केगार्ड गाउँपालिकाको हिमज्योती मावि सर्केगार्ड, खार्पुनाथ गाउँपालिकाको सीता मावि छिप्रा र अदानचुली गाउँपालिकाका, सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र, बालमन्दिर मावि केन्द्र सर्केगार्ड गाउँपालिकाकोे कोट मावि रोडिकोट अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र रहेका छन् ।

अब ताँजाकोट गाउँपालिकाको मदानादेव मावि परिक्षा केन्द्रमा मात्र सो कार्य सुरु हुन सकेको छैन । सो केन्द्रमा विषय बिज्ञ शिक्षक बाहिर रहेको तर आएदै गरेकोले अब चाँडै परिषण कार्य सुरु हुनेछ । उत्तरपुस्तिका परिक्षणका लागि गोप्य कोठा र सुरक्षा ब्यवस्था कडा गरिएको छ । परिक्षकलाई मोवाईल समेत बोक्न दिईएको छैन ।