प्रहरी लागु औषध बिरुद्ध प्रहरीको जनचेतना जोगाउने कार्य जारी

फोटो क्याप्सन ताँजाकोट गाउँपालिकामा शनिबार आयोजना गरिएको लागु औषध बिरुद्धको जनचेतान मूलक कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता

सिमकोट । हिमाली जिल्ला हुम्लाका गाउँपालिका स्तरमा प्रहरीले लागु औषध बिरुद्ध जनचेतना जोगाउने कार्यक्रम आयोजना गरेको छ । जिल्लामा हालसम्म फाट्टफुट्ट रुपमा यसको प्रयोग गर्ने सिमित ब्यक्ति देखिने गरेको र त्यसलाई पनि नियन्त्रणमा ल्याउनका लागि प्रहरीले उक्त काय बिरुद्ध गाउँपालिका स्तरमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

लागु औषध बिरुद्ध सार्वजनिक स्थलहरुमा जनचेता जोगाउने कार्य गाउँपालिका सतरमा भई रहेको र शनिबार दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका सो कार्यक्रम सञ्चालन गरिएको प्मुख जिल्ला अधिकारी टेककुमाररेगमीले बताए ।

हुम्ला जिल्लामा लागु औषध प्रयोग गर्ने घटनाहरु केही सिमित मात्रामा देखा पर्ने गरेका छन् । त्यसबाट पनि नियन्त्रणमा लिई यसको प्रयोग र ओसारपसार गर्नेलाई निरुत्साही बनाउनका लागि गाउँपालिका स्तरमा यो कार्यक्रम आयोजना गरिएको हो ।

यसका लागि प्रहरीले यो एक प्रकारको अपराध भएको र यसलाई प्रयोगमा ल्याए कानूनी कारवाही हुने जानकारी दिने गर्दै आएको छ । यसका बेफाईदा, आर्थिक क्षेती, कुलतमा फस्ने, घरेलु हिंसा, परिवारमा द्धन्द्ध जस्ता नकरात्मक कार्य यसको सेवनले हुने कुराका लागि प्रहरी नायव उपरिक्षक खड्काले प्रस्तुती गरेका थिए ।

त्यसैगरि जनचेता जोगाउने कार्यक्रममा यो बिरुद्धका सन्देशमुलक भिडियोहरु पनि प्रस्तुती गर्ने गरिएको छ । कार्यक्रममा ताँजाकोट गाउँपालिलकाका अध्यक्ष लालकेश जैसीले सडक सञ्जाल जोडिएसंगै यसका ओसारपसार हुन सक्ने बताउदै अब सिमानामा सचेत रहनु पर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, उक्त गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा, प्रमुख प्रशासीकय अधिकृत नरबहादुर रावत, वडा अध्यक्ष कार्यपालिकाका सदस्य, जनप्रतिनिधि, शिक्षक र कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालयको ओजनामा सञ्चालन गरिएको हो । शुक्रबार सर्केगार्ड गाउँपालिकामा आयोजना गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत बिधार्थीहरुको सहभागिता रहेको थियो ।