
सि.टा समाचारदाता
हुम्ला । माध्यामिक शिक्षा परिक्षा ( एसईई ) दिई रहेका परिक्षार्थीहरुलाई कक्षा कोठाको अभाव देखिएको छ । कक्षाकोठा अभाव भएपछि एउटै डेक्सबेन्चमा तीनदेखि चार जना परिक्षार्थीहरु बसेर परिक्षा दिई रहनु परको हो ।
ताँजाकोटा गाउँपालिका– ५ को मदानदेव मावि केन्द्रमा कक्षाकोठाको अभाव भएपछि परिक्षार्थीहरुलाई परिक्षा दिन कठिन भएको अभिभावक जगत बुढाले बताए । उनले यसरी कक्षाकोठा कम भएपछि परिक्षार्थीहरु एउटा बेन्चमा तीनदेखि चार जना वस्नु परि रहेको गुनासो गरे ।
कक्षाकोठा ब्यवस्थापन नगरि परिक्षा केन्द्र निर्धारण हुँदा परिक्षार्थीहरुले एसईई जस्तो महत्वपुर्ण परिक्षामा शास्ती खेपेर परिक्षा दिनु परेको उनको भनाई छ । यता सो परिक्षा केन्द्राध्यक्ष बिमल ढकालले परिक्षाका लागि आवश्यक कक्षाकोठा भए पनि आवश्यक फर्निचरको अभावले समस्या देखिएको भएपनि काम चलाउ रुपमा परिक्षा सञ्चालन भई रहेको बताए ।
हरेक दिन सवै बिषयका परिक्षामा २९२ जना परिक्षाथीहरु नियमित र ग्रेडबृद्धि गरि सहभागिता जनाई ररहेका छन । सो परिक्षाकेन्द्रमा पाँच वटा कोठाहरु परिक्षा सञ्चालनका लागि प्रयोग भई रहेका छन् ।
एउटा बेन्चमा दुई जना परिक्षार्थी राखेर परिक्षा सञ्चालन गर्नु पर्ने भएपनि फर्निचर अभाव कै कारण तीन जनासम्म परिक्षार्थीहरु राखेर परिक्षा सञ्चालन गर्नु परि रहेको उनले बताए । परिक्षा सञ्चालन भई रहेको सो विद्यालयमा अन्य खाली कक्षाकोठा भएपछि बेन्च नभएको कारण परिक्षा सञ्चालनमा समस्या परेको हो ।






















