तीन वटा वडाहरु एकसाथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित

फोटो क्याप्सन पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषण कार्यक्रमका सहभागीहरु । तस्बिर :सि.टा

सि.टा. समाचारदाता
सिमकोट। सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका तीन वटा वडाहरु एकसाथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन । निर्धारित उमेर समुहका बालबालिकाहरु खोप कार्यक्रमबाट नछुटेको पाईएपछि ती वडाहरुलाई उक्त घोषित गरिएको हो ।

सिमकोट गाउँपालिका– ५, ६ र ८ लाई बुधबार एक कार्यक्रमको आयोजना गरि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । यसका लागि चैत १३ गते दुवै वडामा सुन्न्नेदेखि १५ महिनाससम्मका बालबालिकाहरुको लाईन लास्टिड सर्भे गरिएको थियो भने १६ देखि ५९ महिनाका पुर्ण खोप घरधुरी सर्भेक्षण गरिएकोमा कुनै पनि बालबालिका खोपबाट नछुटेको पाईएपछि ती वडाहरुलाई पुर्ण खोप सुनिश्चितता गरिएको माथिल्ले गाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रका इनचार्ज राजु रावतले बताए ।

ती दुवै वडामा गरि सुन्नेदेखि १५ महिनाका २७ जना बालबालिका र पन्द्रदेखि ५९ महिनाका ५८ बालबालिका रहेका थिए । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष चीनबहादुर रावत, ६ का अध्यक्ष नन्द रावत लगाएतको उपस्थिती रहेको थियो । वडा घोषित भएका प्रतिबेदन गाउँपालिकामा गएपछि सिमकोट गाउँपालिकाले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषितदगर्ने छ । अव सिमकोटका बाँकी छ वटा वडाहरु बाँकी रहेका छन । त्यसैगरि वडा नम्बर ८ लाई पनि वडा अध्यक्ष कमल बुढाको उपस्थितीमा घोषित गरिएको छ ।