सि.टा. माचारदाता
सिमकोट । भोली बैशाख २ गतेबाट आर्थिक गणना कार्य सुरु हुने भएको छ । यसका लागि छनौट हुनु भएका गणकहरु आफु खटिएको गाउँपालिकामा पुगी सकेका छन् ।
बैशाख २ गते बुधबारबाट सुरु हुने आर्थिक गणनाका लागि आवश्यक बन्दोबस्तीका सामाग्र सहित गणकहरु सम्वन्धित गाउँपाकिलामा पुगेका हुन ।
चैत ३० गते बिहान तालिम सम्पन्न गरेर हिडेको सात वटै गाउँपालिकाका गणकहरु मंङ्गबार पुगेर बुधबारबाट आर्थिक गणना कार्य सुरु गर्ने आर्थिक गणना अधिकारी सुरेन्द्र प्रसाद पन्तले बताए । चैत २६ गतेबाट तालिममा सहभागी हुनु भएका सवै गणकहरुलाई आर्थिक गण्नाका लागि आवश्यक पर्ने बन्दोबस्तीको सामाग्री बुझाएर पठाईको हो ।
गणनाको सवै तयारी पुरा भएको र बुधबार बिहानेबाट गणकले आफ्नो कार्य सुरु गर्ने छन । कार्यालयले यसका लागि ११ जना गणक र दुई तथा सुपरिबेक्षक छनौट गरेर तालिम प्रदान गरेको थियो । अब सिमकोट, खार्पुनाथ, चंङ्खेली र अदानचुली गाउँपालिकामा दुई दुई जना र नाम्खा, सर्केगार्ड र ताँजाकोट गाउँपालिका गरि चार वटामा एक जना गणक गणना कार्य गर्नेछन् ।
त्यसैगरि ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिकमा एक जना सुपरिवेक्षक र खार्पुनाथ, सिमकोट नाम्खा गाउँपालिका गरि तीन वटा गाउँपालिकामा एक जना सुपरिवेक्षकले काम गर्नु पर्नेछ । यो काम आगामी असार ७ गतेसम्म सम्पन्न गर्नु पर्नेछ । २०७५ सालको आर्थिक गणनामा दुई हजार एक सय आर्थिक प्रतिष्ठान रहेका थिए भने यस पटक दुई हजार आठ सय प्रतिष्ठान हुने अनुमान कार्यालयले गरेको छ
























