
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी ३५ वर्षीया सरिला शाहीलाई आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर उद्धार गरिएको छ ।
सुत्केरी शाहीकाे साल पाठेघरमै अड्किएर अवस्था गम्भीर बनेपछि जिल्ला अस्पतालमा उपचार सम्भव नभई जिल्ला बाहिर रिफर गरिएको हो । अस्पताल ल्याउँदा शाही बेहोस अवस्थामा थिइन् र धेरै रगत बगेको थियो ।
डाक्टरका उमाकान्त तिवारीका अनुसार सुत्केरी शाहीकाे अवस्था जटिल भएकाले सुविधा सम्पन्न अस्पतालमा पठाइएको हो । हाल उनको थप उपचार भने अब जिल्ला बाहिर हुने भएकाे जानकारी प्राप्त भएकाे छ ।























