
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डका लागि खानेपानीको ब्यवस्था गर्न निर्मार्णाधिन सर्केगार्ड बृहत खानेपानी योजनाको काम अन्मित चरणमा पुगेको छ ।
पाँच महिनादेखि उक्त योजनाको काम लगातार रुपमा गरि रहँदा हाल आएर सो योजनाको काम अन्तिम चरणमा पुगेको हो ।
सधै खानेपानीको लागि काकाकुल अवस्था रहने सर्केगार्ड बजारको माग पुरा गर्न निर्माणधिन सर्केगार्ड बृहत खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताए ।
मुहानको इन्टेकदेखि घरघरमा धारा निर्माण गर्ने कार्य एकसाथ भई रहेको कारण काम छोटो अवधिमा गुणस्तरीय काम भई रहेको र आफु पनि पटकपटक खानेपानी योजना निर्माण स्थलको अनुगमनमा पुगेको उनले बताए । सो खानेपानी योजनाको २०८२ साल मङ्सीर २ गते सम्झौता भएको थियो ।
यसको सम्पुर्ण निर्माण कार्य स्थानीय उपभोक्ता समितिबाट भएको हो । सर्केगार्ड गाउँपालिका– ७ को भ्यूपाड्नमा रहेको मुहानबाट तेह्र किलो मिटर पाईपलाईन खनेर पानी ल्याउने कार्य भएको छ ।
हाल एउटा इन्टेक, दुई वटा आरविटि र दुई वटा डिसीको निर्माण कार्य भई सकेको र यी निर्माण भएका संरचनासम्म खानेपानीको पाईपलाईन पनि निर्माण भई सकेको उक्त योजनाका लागि लागत साझेदारी गर्ने खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाका ( सुसा ) गाउँपालिका संयोजक निलबिक्रम शाहीले बताए ।
१४४ घरधुरीका लागि घरघरमा धारा निर्माण भई सकेको र अब जडान कार्य पनि सुरु भएको हो । त्यसैगरि तेह्र वटा सार्वजनिक धाराहरुको निर्माण कार्य पनि भई रहेको र अब चाँडै सम्पन्न हुने क्रममा रहेको छ ।
यो योजना निर्माण भएर धारामा पानी खस्न थालेपछि हिमज्योजित मावि, प्रहरी चौकी, इलाका प्रशासन, गाउापालिका, इलाका बन र बजारवासी गरि एक हजार भन्दा बढी सेवाग्राहीहरु प्रत्यक्ष लावान्भित हुनेछन् त्रिपक्षीय रुपमा लागत साझोदारीमा निर्माण कार्य सुरु गर्ने गरि भएको सम्झौता अनुसार उक्त योजनाका लागि परियोजनाले ५७ लागत ब्यहोर्नेछ भने चौध लाख ८५ हजार गाउँपालिका र प्रतिघरधुरी चार हजार नगद लगानी गरेर यो योजना सम्पन्न हुन लागेको हो ।
नब्बे प्रतिशत कार्य सम्पन्न भएको र अब बाँकी रहेको दश प्रतिशत कार्य सम्पन्न हुने बित्तिक्कै घरघरमा निर्माण गरिएका धारामा पानी खस्ने उहाँले बताउनुभयो ।
सर्केगार्ड बजरका लागि निर्माण गरिएको डिसीमा पानी खसी सकेको छ । सधै खानेपानीको समस्या भोग्दै आउनु भएका सर्केगार्डवासीको खानेपानीको समस्या अब दिर्घकालीन रुपमा समाधान उन्मोख रुपमा रहेको छ ।






















