सिमकोट हिल्सा सडकको अनुगमन

फोटो क्याप्सन नारा लेकको सडकमा जमेको हिउ पन्छाउने कार्य गरेपछि अनुगमन टोली सो क्षेत्रमा हिड्दै ।

सि.टा समाचारदाता

हुम्ला ।    सिमकोट हिल्सा सडकको अनुगमन गर्ने कार्य भएको छ । निर्माणधिन सडकको अवस्था र डेढ महिनासम्म सो खण्डको यारी हिल्सा सडक अवरुद्ध हुँदै आएपछि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी नेतृत्वको टोलीले सडकको अनुगमन कार्य गरेको हो ।

सिमकोट गएको अनुगमन टोली हिल्सासम्म पुगेर सिमकोट हिल्सा सडकको अवस्थाका वारेमा अनुगमन गर्ने कार्य गरेको हिल्सा सिमकोट सडकका ईन्जिनीय कुशल भुषालले बताए । बुधबार प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा टोली हिल्सातर्फ गएको थियो ।

नारा लेकमा सडकमा हिउ जमेको कारण सो अनुगमन टोली यारीमा वास वसेको थियो । चार दिनसम्म लगातार हिउ पन्छाउने कार्य बिहीबार जेसिवीले सम्पन्न गरेपछि बेलुकाबाट डेढ महिनावाट अघरुद्ध भएको सडक सुचारु भएको उनले बताए ।

त्यसैगरि टोलीले सिमकोटबाट हिल्सासम्म हिल्सा सिमकोट सडक योजनाद्धारा सञ्चालित योजनाहरुको पनि अनुगमन गर्ने कार्य भएको छ ।

निर्माणधिन कामलाई तिब्रता दिन र गुणस्तरुीय काम गर्न प्रजिअ रेगमीले सुझाव दिएका थिए । लामो समय सिमकोट हिल्सा सडकको यारी हिल्सा सडकमा हिउ जमेको कारण सडक अवरुद्ध भएपछि प्रजिअ रेगमी, सशस्त्र प्रहरी नायव उपरिक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल, प्रहरी निरीक्षक बिष्णु श्रेष्ठ, पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसी लगाएतको सहभागिता रहेको थियो ।