सि.टा.समाचारदाता
सिमकोट । गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि पहिलो भएको छ । सहभागी सात वटा विद्यालय मध्य सवै भन्दा वढी अंङ्क प्राप्त गरेर सो विद्यालय पहिलो भएको हो ।
लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिएको सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा २३ अंङ्क प्राप्त गरेर बालमन्दिर मावि पहिलो स्थान हुन सफल भएको सो गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले बताए ।
त्यसगरि २२ अंङ्क प्राप्त गरेर कर्णाली मावि द्धितीया स्थान भएको छ भने मानसरोवर माविले १७ अंङ्क प्राप्त गरेर तृतीया स्थान हुन सफल भएको छ । त्यसैगरि सोह्र्र अंङ्क प्राप्त गरेर सैपाल हिमाल मावि सान्वना हुन सफल भएको छ । प्रतियोगितामा कैलाश मावि, रलिङ मावि र रामदेव माविको पनि सहभागिता रहेको थियो ।
बिजेता विद्यालयलाई प्रथम, द्धितीया, तृतीया र सान्त्वनालाई क्रमश प्रमाणपत्र र नगद एघार हजार, नौ हजार, सात हजार र पाँच हजार रुपियाँ प्रदान गरिएको थियो । अन्य सहभागी विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
नगद पुरस्कार तथा प्रमाणपत्र सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले प्रदान गरेका थिए। यो कार्यक्रम गाउँपालिका स्तरीय अतिरिक्त कृयाक्लाप अन्र्तगत आयोजना गरिएको हो ।
























