‎कर्णाली किड्स कपको उपाधी सुर्योदय माबिलाइ

सि.टा समाचारदाता

हुम्ला ।    किड्स कपको उपाधी सुर्योदय माबिलाइ
‎कर्णाली किड्स कप २०८३ को उपाधी अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक  विद्यालयले हात पारेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा सुर्योदय माध्यामिक बिद्यालयले गत बर्ष बिजेता बनेको छत्रपाल आधारभुत विद्यालयलाई सुन्यका बिरुद्ध एक गोल गर्दै कपको उपाधी हात पारेको हो ।

‎फाइनल खेलमा सुर्योदय माध्यामिक बिद्यालयको तर्फबाट सागर भण्डारीले १ गोल गरेर सुर्योदयलार्ई उपाधी हात पार्न सफल बनाएका हुन । खेल शुरु भएको पहिलो अतिरिक्त समयसम्म कुनैपनि टिमले गोल नगरेपछि पुन थप गरिएको १० मिनेटको खेलको पहिलो हापमा सुर्योदय माध्यामिक बिद्यालयले गोल गरेपछि फाइनल खेलको उपबिजेता छत्रपाल आधारभुत विद्यालयले कपको दोस्रो पुरस्कारमै चित्त बुझाउनु परेको हो ।

‎खेल स्थानिय अभियान राष्ट्रिय भन्ने नाराका साथ दोस्रो पटक भएको कर्णाली किड्स कपको बिजेता सुर्योदयले ३० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने कपको दोस्रो स्थान हासिल गरेको छत्रपाल आधारभुत विद्यालयले २० हजार नगद, ट्रफी र मेडल प्राप्ट गरेको छ । यसैगरी तेस्रो हुने जनप्रिय आधारभूत विद्यालये १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरको छ ।

‎प्रतियोगिताको उत्कृष्ठ खेलाडीमा सुर्योदय माबिका सागर भण्डारी भएका छन् । खेल अवधीभर निकै राम्रो खेल खेलेको भन्दै भण्डारीलाई उत्कृष्ठ खेलाडीका रुमा पुरस्कृत गरिएको आयोजक रेडियो श्रीनगर एफएमका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा जनप्रीय आधारभूत विद्यालयका अम्मेर बुमी छनोट भएका छन् भने उत्कृष्ठ गोल रक्षकमा सुर्योदय माध्यामिक बिद्यालयका प्रबेश बुढा छनोट भएका छन् । सबैजनालाई प्रमाण पत्र, नगद पुरस्कार प्रदान गरिएको छ ।

‎खेल स्थानीय सन्देश विश्वको भन्ने ध्येयका साथ शुरु भएको कर्णाली किड्स कप दोस्रो संस्करण २०२६ को पुरस्कार वितरण रेडियो श्रीनगर सञ्चालक समितिका अध्यक्ष नवराज महतारको अध्यक्षता र अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।
‎कपको बिजेता टोलीले बाजागाजा सहित श्रीनगर बजार परिक्रमा गरेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खुशी साँटासाँट गरेको सुर्योदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक  टंकध्वज खत्रीले जानकारी दिनुभएको छ ।