सि.टा. समाचारदाता
सिमकोट । काठ च्यात्ने क्रममा काठको लडेको कोलिया ( मुढा ) लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–८ फुचा गाउँ निवासी जोगविर बुढाको छोरा कविन्द्र बुढा रहेका छन् ।
उक्त वडाको निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा सातमा अध्ययनरत रहेको उक्त विद्यालयका शिक्षक ओम प्रसाद जैसीले बताए ।
बिहीबार विहान ११ वजे आफ्ना भेडाबाख्रा चराउनका लागि सोही गाउँपालिका–८ को भुलभुले पानी भन्ने ठाउँमा लगेको समयमा काठ चिर्ने कार्य गरी रहनु भएका सोही गाउँपालीका–८ का सुव्या सार्की र धुन शाहीले काठ चिरान गर्ने गोलिया पल्टाउदा तल लडेर जाँदा जंगलमा रहेका ती बालक लागेको र घटनास्थल मै बालक बुढाको मृत्यु भएको उहाँले बताउनुभयो ।
माथिबाट खसेको काठ लागेपछि एक सय मिटर तल सिप्का खोलामा बालक खसेका थिए । मृतकको लाशको मुचुल्काका लागी जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगी नसकेकाले खोलाबाट उठाईएको छैन ।
प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गई सकेको भएपनि घटनास्थलमा नपुगेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । प्रहरी घटनास्थलमा पुगेपछि लाश पोष्टमार्टमका लागि सिमकोट ल्याउने कुरा भएकाे जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारि दिएको छ ।























