दुई जिल्लाका सांसदविच लाम्पाटा च्याचौरमा निर्माण कार्य भई रहेको प्रहरी चाैकीको काम रोक्ने सहमति

फोटो क्यापसन दुई जिल्लामा सासद गिरी र रोकाया सहमतिपछि गृहमन्त्रालयमा । तस्बिर :सौजन्य सासद जयपति रोकायाको सचिवालयबाट

सि.टा. समाचारदाता
सिमकोट ।        बाजुरा र हुम्ला जिल्लाको सिमाना पर्ने लाम्पाटा–च्याचौर क्षेत्रमा निर्माण कार्य भई रहेको प्रहरी चौकीको निर्माण कार्य हाललाई रोक्ने सहमति भएको छ ।

लाम्पाटा च्याँचौरमा दुई जिल्लाका स्थानीयविच बिबाद भई झडप हुने अवस्था सृजना भएको बेला यी दुई जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासदबिच काठमाडौंमा वसेको बैठकले तत्काल निर्माण कार्य अगाडी नबढाउने सहमति गरेको हो ।

बाजुरा जिल्लाका तर्फबाट लाम्पाट च्याचौर क्षेत्रमा प्रहरी चौकी निर्माण गरेर स्थापना गर्ने विषय तत्कालका लागि निर्माण कार्य रोक्ने सहमति भएको हुम्ला जिल्ला सासद जयपति रोकायाले बताए ।

गृह मन्त्रालयलमा सचिवको उपस्थितीमा दुई जिल्लाका सासदहरु वाजुराका जनकराज गिरी र हुम्लाका जयपति रोकायाबिच भएको छलफल पछि यस्तो सहमति भएको उनले बताए ।

उक्त विषयको दीर्घकालीन, तथ्यपरक तथा सहमतिमूलक समाधानको बाटो पहिचान गर्ने सहमति भएको छ । अब दुई जिल्ला सहमति, सहकार्य र समन्वयमा चौरी निर्माण कार्य अगाडी बढ्ने सहमति भएको उनको भनाई छ ।

बाजुरावासीले सो स्थानमा प्रहरी चौकीको निर्माण कार्य अगाडी बढाएको जानकारी पाएपछि हुम्ला जिल्लाका चालीस जना स्थानीय सो स्थानमा दुई दिन पैदल हिडेर पुगेपछि बिबाद सुरु भएको थियो । बिबाद सृजना भएपछि झडपका अवस्थासम्म पुग्न लागेको थियो ।