सि.टा.समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट यस वर्षको मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य सुरु भएको छ । पाँच हजार मिटर उचाईमा रहेकोन्यालु लेकको सडकमा जमेको हिउ जेसिभीवाट पन्छाउने कार्य सम्पन्न भएपछि सडक सुचारु हुँदा आन्तरिक पर्यटकहरुद्धारा मानसरोवर कैलाशको दरदर्शन सुरु भएको हो ।
आन्तरिक पर्यटकहरुद्धारा यस वर्षको लाप्चा क्षेत्रबाट मानसरोवर र्कैलाशको दुरदर्शन गर्ने कार्य सुरु भएको छ । लाप्चाको पाँच हजार १३० मिटर उचाईबाट आन्तरिक पर्यटकहरुले मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य गर्छन् ।
यस वर्षको पहिलो लाप्चाबाट दुरदर्शन गर्ने टोलीमा दश जनाको सहभागिता रहेको थियो ।
टोलीमा गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनकिरण तथा ब्यवस्थापन प्राधिकरणका सहसचिव सुरेश पन्थी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगाएतको सहभागिता रहेको थियो । त्यसैगरि अर्को टोली कर्णाली प्रदेश लोग सेवा आयोगका कार्यबाहक अध्यक्ष बसन्ती शाही सिंहको टोलीले पनि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य गरेको छ ।
उनको टोली यसवर्ष सो क्षेत्रको दर्शन गर्ने दोस्रो टोली भएको छ । पुर्वाधार बिकास कार्यालयले न्यालु लेकमा जमेको हिए पन्छाउने कार्य सम्पन्न गरेपछि जेठ पहिलो हप्ता मै लाप्चा पुग्न संभव भएको हो ।























