सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि गाउँपालिकाभित्रका जन्मेदेखि सो महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नाम्खा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गयाछो लामाले जानकारी दिए ।
सरोकारहरुको समन्वय र मातहतका स्वास्थ्य संस्थाहरूको सक्रियतामा मापदण्ड अनुसार छ वटै वडाका लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप सेवा प्रदान गरिए पछि यस्तो घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका सबै सोहदेखि देखि २३ महिनाका बालबालिकाले नियमित खोप प्राप्त गरेपछि विभिन्न चरणको प्रमाणीकरण प्रक्रिया पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा प्रमुख लामाले बताए । उक्त गाउँपालिकामा ४६ जना बालबालिका रहेका छन ।
गाउँपालिका अध्यक्ष तथा गाउँपालिका खोप समन्वय समितिका संयोजक प्रेम लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु मात्र उपलब्धि नभएकाले अब यसको दीगोपनामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा पनि सबै सरोकार निकाय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको सहकार्य जरुरी रहेको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले विगतको तुलनामा अभिभावकमा स्वास्थ्य सम्बन्धी चेतना वृद्धि भएकाले बालबालिकालाई नियमित खोप लगाउने दरमा उल्लेखनीय सुधार आएकाले पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको बताए । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
नाम्खा गाउँपालिका पन्द्र महिना भन्दा कम उमेर समुहका ३६ जना बालबालिकाहरु रहेको उनीहरुको रष्टिरमा अद्यावधिक गर्ने कार्य भएको र ती बालबालिकाहरुलाई आगामी आर्थिक वर्ष यो कार्यक्रममा समेटिने छ । यसअघि खार्पुनाथ गाउँपालिका घोषित भई सकेको छ भने अन्य पाँच वटा गाउँपालिका बाँकी रहेका छन् । यो कार्यक्रम हरेक वर्ष गर्नु पर्छ ।
























