तीन जना उत्कृष्ट किसान पुरस्कृत

सि.टा. समाचारदाता
सिमकोट । उत्कृष्ट कृषक पुरस्कारबाट ताँजाकोट गाउँपालिकाका किसानहरु पुरस्कृत हुनु भएको छ । गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम मार्फत उहाँहरुलाइृ उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिका भरिका कृषकहरु मध्ये उत्कृष्ट कृषकलाई गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेको गाउँपालिका कृषि शाखाका प्रमुख शक्ति बुमीले बताए ।

गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८२ अनुसार छनौट समितिबाट सिफारीस भएका ती जनालाई पुरस्कृत गरिएको हो ।

गाउँपालिकाले बनाएको छनौट समितिले गाउँपालिकाभरीका व्यवसायीकक कृषि फर्म र समुहहरुको अनुगमन गरि तीन वटा समुह तथा फर्महरुलाई छनौट गरी उनीहरुलाई पुरस्कृत गरीएको हो ।

ताँजाकोट गाउँपालिका –५ मा सञ्चालीत हिमाली पशुपाल फर्मका सञ्चालक दान बहादुर बुढाले छ सय वटा भेडा सफल रुपमा पालन गरी ब्यवसाय गरी रहेको पाइएकाले उहाँलाई गाउँपालिका भरीकै उत्कृष्ट कृषक घोषण गरी २५ हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरीएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।

त्यसैगरि सोही गाउँपालिका–१ बौल्यानामा सञ्चालीत बौल्याना कृषि फर्मका सञ्चालक कृष्णबहादुर खड्काले दुई सय वटा किबी र नौ सय वटा स्याउका बिरुवाहरु लगाई फल दिई रहेकाले उहाँलाई गाउँपालिका भरीकै दोस्रो उत्कृष्ट कृषकको रुपमा घोषणा गरी प्रमाणपत्र सहित १५ हजार नगद ले पुरस्कृत गरीएको हो ।

यस्तै वडा नम्बर ५ सात्तीकै सुशिलय कृषि बन तथा नर्सरी फर्मका सञ्चालक जय बहादुर बुढाले यस वर्ष मात्र नौ स्याउ हजार विरुवा उत्पादन गरी बिक्री गरेको पाइएकोमा उहाँलाई गाउँपालिकाको तेस्रो उत्कृष्ट कृषक घोषणा गरी प्रमाणपत्र सहित १० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

यसका लागि गाउँपालिकाको कृषि शाँखाले छर्नाैटका लागि जारी गरेको सुचना अनुसार ११ वटा व्यवषयीक फर्म र आठ वटा समुहहरुले आवेदन गरेको र उहाँहरु सबैको अनुगमन गर्दा उक्तकृष्ट किसान छनौट गरिएको हो ।