सिटिजन्स वैंकद्धारा विद्यालयलाई साउण्ड स्पिकर सहयाेग

फोटो क्याप्सन विद्यालयलाई साउण्ड सिस्टम सहयोग गरेपछि विद्यालय परिवारसंग बैंकका कर्मचारीहरु । तस्बिर : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट ।        सिटिजन्स बैंक ईन्टरनेस्नल नोपलको नाम्खा शाखाले विद्यालयलाई साउण्ड स्पिकर सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सो सामाग्री विद्यालयलाई सहयोग गरेको हो ।

विद्यालयसंगको समन्वय र आवश्यकका आधारमा यस पटक साउण्ड स्पिकर सहयोग गरिएको सिटजन्स वैंक ईन्टरनेस्नल नेपालको नाम्खा गाउँपालिकाको शाखाका प्रवन्धक ईश्वर बोहराले बताए । सो वैंंकले उक्त गाउँपालिकाको एक मात्र मावि महावौद्ध माविलाई सो साउण्ड स्पिकर सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत यो सहयोग गरिएको उनले बताए ।

विद्यालयमा विहानीको प्राथाना कार्यक्रम साउण्ड सिस्टमको आवश्यक खड्किएपछि उक्त सहयोग गरिएको उनले बताए । विद्यालय परिवारलाई प्रवन्धक बोहराले उक्त सहयोग प्रदान गरेका हुन । यसअघि वैंकले विद्यालयलाई यो कार्य अन्र्तगत स्टेस्नरी सहयोग गर्दै आएको थियो । हरेक वर्ष सिटिजन्स वैंकका शाखाहरुले यो सहयोग गर्दै आएका छन् ।