सि.टा. समाचारदाता
सिमकोट । दोस्रो गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता कात्तिक १५ गते ११ वजेबाट हुने भएको छ। दुई दिन लगातारको वर्षाले खेल मैदान हिलाम्मे भएपछि प्रतियोगिता सञ्चालन गर्न समस्या हुने देखिएपछि कात्तिक १५ गते आईतबार लागि सरेको हो ।
शनिबारबाट सुरु हुनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता एक दिन पछि सरेर आईतबाट बिहान ११ वजेबाट सुरु हुने आयोजना सैपाल हिमाल माविले जनाएको छ । प्रतियोगिताको सवै तयारी पुरा भएको भएपनि वर्षाले खेल मैदान हिलाम्मे भएको कारण खेलहरु सञ्चालन गर्न कठिन हुने देखिएपछि एक दिन पछि सारिएको हो । खेल मैदनामा जमेको पानी बिहान हटाउने कार्य गरिएको छ र बिहान ११ वजे उद्घाटन कार्यक्रम गरिने छ ।
वर्षाको कारण सिमकोटमा चिसो पनि बढेको कारण खेल सञ्चालनमा समस्या आउने देखिएको थियो । प्रतियोगितामा सहभागिता जनाउन सात वटा माविका खेलाडीहरु शुक्रबार सिमकोट सकेका छन । छात्र तथा छात्रा गरि २६ वटा इभेन्टहरु सञ्चालन हुने थिए । प्रतियोगिताको आईतबार उद्घाटन हुनेछ । यसका लागि आर्थिक सहयोग सिमकोट गाउँपालिकाले गरेको छ ।










