आर्थिक गणनामा तेईस सय भन्दा वढी बिबरण सङ्कलन

सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा राष्ट्रिय आर्थिक गणना गर्ने कार्य जिल्लाभर तेई सय भन्दा वढी बिबरणहरु सङ्कलन भएका छन् । दुई महिना भन्दा बढी समय खेर्चेर जिल्लाका ४४ वटै वडामा पुगेर आर्थिक उपार्जन गर्ने फर्महरुको बिबरण सङ्कलन गर्ने कार्य भएको हो ।

जिल्लाभरबाट जम्मा दुई हजार ३४२ वटा मात्र त्यस्ता फर्महरुको आर्थिक बिबरण सङ्कलन भएको जिल्ला आर्थिक गणना अधिकारी सुरेन्द्र प्रसाद पन्तले बताए । उक्त आर्थिक गणना गर्ने कार्य कार्यालयले राखेको लक्ष्य भन्दा कम तत्थ्याङ्क सङ्कलन गर्ने कार्य भएको छ ।

जिल्लाका सात वटै गाउँपालिकाबाट दुई हजार छ सय आर्थिक पक्षसंग सम्वन्धि फर्महरुको बिबरण हुने लक्ष्य राखिएकोमा त्यो लक्ष्य भने पुरा हुन सकेन । हाल गणकहरुले ल्याएको बिबरण कम्प्युटरमा प्रविष्ट गर्ने कार्य पुरा भएको छ ।

यसरी लक्ष्य भन्दा कम बिबरण आउनुमा पहिलो कारणमा आर्थिक वर्ष ०७४।०७५ मा संङ्घ तथा प्रदेश सरकारबाट कृषि सम्वन्धि अनुदानका लागि कृषि फर्महरु दर्ता गरिएको र सो सहयोग आउन छोडेपछि त्यस्ता फर्महरु बन्द गरिएको कुरा स्थलगत रुपमा ब्यवसायीबाट यो कुरा आएको थियो ।

अर्को कुरा यसअघि सडक सञ्जाल सवैतिर नजोडिएको कारण जिल्लाका बिभिन्न स्थानमा अस्थायी बजार बनेको र ती बजारमा व्यववसाय सञ्चालन गरिएको र हाल जिल्ला नै सडक सञ्जालसंग जोडिएपछि त्यस्ता अस्थायी बजार बन्द भएर सवै गाउँपालिकामा केन्द्रीत भएको कारण त्यस्ता ब्यवसाय बन्द भएको कारण पनि फर्महरु घटेका हुन ।

यो कार्यका लागि जिल्लाका सात वटै गाउँपालिमा काम गर्ने गरि एघार जना गणक परिचालन भएका थिए भने दुई जना सुपरिवेक्षकले अनुगमन गरेका थिए । यो कार्य गत बैशाख २ गतेबाट सुरु भएको थियो । संकलन गर्ने कार्य असार ७ गते सम्पन्न भएको हो ।