सि.टा. समाचारादाता
सिमकोट । चालीस रोपनी भन्दा बढी जग्गामा निर्माण गरिएको जिल्ला कै पुरानो विद्यालय सर्केगार्ड गाउँपालिका– ४ को हिमज्योती माध्यामिक विद्यालयलाई घेरवार गर्ने कार्य सम्पन्न भएको छ । चारैतिरबाट खुल्ला रहेको विद्यालयलाई गाउँपालिकाको लगानीबाट चालु आर्थिक वर्षमा घेरबार गर्ने कार्य सम्पन्न भएको हो ।
जिल्ला कै पुरानो तर सवैतिर खुल्ला भएको कारण सधै असुरक्षित रहेको हिमज्याती माविको क्षेत्रलाई घेरबार गर्ने कार्य पुरा भएको गाउँपालिका उपाध्यक्ष एंव अनुगमन समितिकी संयोजक देवकी तिमील्सीनाले बताईन ।
गुणस्तरीय काम र तोकिएको मितिमा घेरवार गर्ने कार्य पुरा भएको बताउदै उनले गाउँपालिका कै उत्कृष्ट काम मध्यमा सो कार्य पर्ने बताईन । विद्यालयको घेरवार कार्य पुरा भएपछि अब सर्केगार्ड बजार मै रहेको विद्यालय क्षेत्र सुरक्षित समेत भएको भनाई उनको छ । यसले विद्यालयमा सुरक्षित रुपमा पठनपाठन र विद्यालयलाई अनुशासित र ब्यवस्थित बनाउन सघाउ पुर्याएको छ ।
गत मंङ्सीर ५ गते छनौट भएको निर्माण कम्पनी सुस्मिता कन्ट्रक्सनसंग गाउँपालिकाले सम्झौता गरेर असार पन्द्र गतेभित्र सम्पन्न गर्ने गरि काम अगाडी बढेको र सो कार्य समयमै सम्पन्न भएको गाउँपालिकाका ईन्जिनीयर रामराज शाहीले बताए। विद्यालयको ४९० मिटर घेरवार गर्ने कार्य पुरा भएको र त्यसमा सत्तरी मिटर प्लम्प वाल र बाँकी आरिसि मेशिनरी वाल लगाएर घेरवार गरिएको उनको भनाई छ ।
त्यसैगरि केही भिरालो क्षेत्रमा ग्याविन पनि लगाईएको छ । मेशीनरी र प्लम्प वालको माथिल्लो भागमा काँडेतार पनि लगाईएको छ ।
विद्यालयमा घेरवार सहित दुईतिर प्रवेशद्धार पनि निर्माण गरिएका छन । यसका लागि गाउँपालिकाले एक रोड ८२ लाखमा टेण्डर आव्हान गरिएको भएपनि घटिघटाउ गदाृ निर्माण कम्पनीले ७७ लाखमा सो योजना निर्माण कार्य पुरा भएको हो ।
आवश्यक खेल मैदान समेत विद्यालय हाता भित्रै भएको कारण घेरवार कार्य पुरा भएपछि अब विद्यालय पुर्ण रुपमा सुरक्षित र ब्यवस्थित भएको भनाई बिधार्थीहरु र शिक्षकको रहेको छ । निर्माण कार्य पुरा भएपनि यसको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले गरेका थिए ।























