सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा चार वटा सामुदायीक वन उपभोक्ता समुहलाई पुरस्कृत गरिएको छ । हाल कृयाशिल मध्य उत्कृष्ट कार्यसम्पादन गर्दै आएका ती सामुदायी बन उपभोक्ता समुहलाई पुरस्कृत गरिएको हो ।
जिल्लाका सात वटै गाउँपालिकाका गठन गरिएका सामुदायीक बन उपभोक्ता समिति मध्य उत्कृष्ट कार्यसम्पादन गर्ने चार वटा समितिलाई पुरस्कृत गरिएको डिभिजन बन कार्यालयका प्रमुख महेश कुमाईले बताए ।
यसरी पुरस्कृत हुनेमा सर्केगार्ड गाउँपालिका– ३ को रिप गाउँको रिप सामुदायीक वन उपभोक्ता समुह प्रथम, समकोट गाउँपालिका– ७ को ओख्रेन सामुदायी बन उपभोक्ता समुह, द्धितीया, ताँजाकोट गाउँपालिका– ३ को रानीकोट सामुदायीक वन उपभोक्ता समुह तृतीया र नाम्खा गाउँपालिका– ४ को याङ हिग्या खोर्जेन सामुदायीक वन सान्त्वना रहेका थिए ।
पुरस्कृत हुने समुहलाई प्रथम, द्धितीया, तृतीया र सान्त्वनालाई क्रमश पच्चीस हजार, २१ हजार, १६ हजार र १३ हजार नगद प्रदान गरिएको छ । सो नगद पुरस्कार र सम्मानपत्र जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेराले समुहका अध्यक्षलाई प्रदान गरेका थिए ।
पुरस्कार छनौटका आधारहरुमा वन संरक्षणको अवस्था, वन ब्यवस्थापनका अवस्था, कार्यसमितिको संरचना, कार्यसमितिको कार्य सम्पादन, समुहको कार्यसम्पादन, महिला तथा बञ्चित वर्गको सहभागिता, बञ्चित तथा वित्पन्न वर्गका उपभोक्ता लक्षित कार्यक्रम सञ्चालन, लेखा परिक्षण, कोष परिचालन, समन्वय सहकार्य र कार्यलय सञ्चालन रहेका छन् ।
ती आधारमा पुरस्कार छनौट उपसमितिले मुल्याङ्कन गरे छनौट गरेको हो । कार्यालयले एक कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरेको हो । हुम्ला जिल्लाका १०३ वटा सामुदायी बन उपभोक्ता समुह रहेका छन ।























