सिमकोट । गत आर्थिक वर्ष ०८२।०८३ मा डिभिजन बन कार्यालय हुम्लाले ७९ प्रतिशत भन्दा बढी वजेट खर्च गरेको छ । उक्त कार्यलयले चालु र पुँजीगत शिर्षकको वजेटबाट सो खर्च गरेको हो ।
जिलमा सञ्चालन गरिएको बिभिन्न कार्यक्रमका लागि डिभिजन बन कार्यालयले कुल वजेटको ७९ दशमलव ७८ प्रतिशत खर्च गरेको कार्यालय प्रमुख महेश कुमाईले बताउ ।
कुल बजेट आठ करोड ४९ लाख ६५ हजारमा छ करोड ७७ लाख ८२ हजार ८३० रुपियाँ खर्च भएको छ । त्यसमा पुँजीगत बजेटमा तीन करोड ९६ लाख ६६ हजार विनीयोजित भएकोमा तीन करोड १७ लाख ६१ हजार ४५१ रुपियाँ खर्च भएर असी दशमलव सुन्ने सात प्रतिशत प्रगति हाँसिल भएको छ ।
त्यसैगरि चालुतर्फ चार करोड ५२ लाख ९९ हजार वजेट बिनीयोजित भएकोमा तीन करोड साठी लाख २१ हजार ३७९ रुपियाँ खर्च भएर ७९ दशमलव ५२ प्रतिशत वजेट खर्च भएको छ । उक्त कार्यालयले थोरै भएपनि चालु भन्दा पुँजीगत बजेट बढी खर्च गर्न सफल भएको छ ।























