बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन

फोटो क्याप्सन जीप दुर्घटनामा परि मृत्यु भएका काँग्रेस वडा सचिव बुढा ।

सि.टा. समाचारदाता
सिमकोट ।       सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता निवासी अमरसिंह बुढाको ( आउस्या) मृत्यु भएको छ ।

दुर्घटनापछि हिमाली गाउँपालिकाको एम्वुलेन्सबाट कोल्टी अस्पतालमा उद्धार गरि कोल्टी अस्पतालमा पुर्याइृएको र उपचार कै क्रममा उनको निधन भएको हो ।

बाजुरामा जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको र मृत्यु हुनेमा हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका– ५ को लोटपाताका चालीस वर्षका नेपाली काँग्रेसका गाउँपालिका सचिव बुढाको निधन भएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तिलकबहादुर शाहीले बताए ।

त्यसैगरि हिमाली गाउँपालिका–२ निवासी ४० वर्षीय धर्मलाल बुढाको उपचारका क्रममा निधन भएको छ ।
दुर्घटनापछि हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत दुवै जनालाई उपचारका लागि कोल्टी अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा सोमबार बेलुका ५ः५० बजे उहाँहरूको मृत्यु भएको अस्पतालले जनाएको हो ।

सोमबार दिउँसो १ः२५ बजे हिमाली गाउँपालिका–५ स्थित क्युडी–कुवाडी सडकखण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १४७८ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए ।