हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात

सि.टा. समाचारदाता
सिमकोटा ।     हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको छ ।
एक वर्षमा यो खाद्यान्न एउटा शाखा कार्यालय, दुई वटा डिपो र दश वटा बिक्री केन्द्रबाट बिक्री गर्दा बचेपछि मौज्दात रहेको हो ।

आर्थिक वष ०८२।०८३ मा एउटा शाखा कार्यालय, दुई वटा डिपो र पाँच वटा बिक्री केन्द्रबाट । आठ हजार ४६८ दशमलव ९९ क्वीन्टल खाद्यान्न मौज्दात रहेको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्णपुन मगरले बताए । चौध हजार २०४ दशमलव १७९ क्वीन्टल खाद्यान्न बिक्री भएको थियो । सो आर्थिक वर्षमा यी तेह्र वटै शाखा, डिपो र बिक्री केन्द्रका लागि २२ हजार ६७३ दशमलव १७ क्वीन्टल खाद्यान्न कोटा रहेको थियो ।

उक्त खाद्यान्न सुर्खेत, नेपालगंज, राजापुर, धनगढी, थापाथलीबाट पैदल मार्गबाट ढुवानी भएको आएको हो ।
तीन किसिमका बिक्री गर्ने निकायहरुमा साउन १ गतेपछि आठ हजार ४६८ दशमलव ९९ क्वीन्टल खाद्यान्न हाल मौज्दात रहेको छ ।

त्यसमा शाखा कार्यालय सिमकोटका लागि वार्षिक अठार हजार ३८५ दशमलव ४२९ क्वीन्टल बिक्री भएको छ भने हाल गोदाममा छ हजार ४३८ दशमलव ९९ क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ । त्यसैगरि सर्केगार्ड डिपोका लागि बार्षिक कोटा ४४० क्वीन्टल ढुवानी भएर आएकोमा ४२० दशमलव पचास क्वीन्टल बिक्री भएर हाल १९ दशमलव पचास क्वीन्टल खाद्यान्न् मौज्दात रहेको छ ।

त्यसैगरि डिपो कार्यालय श्रीनगरमा एक हजार ७२२ दशमलव ७५ कव्ीन्टल खाद्यान्न ढुवानी भएर आएकोमा एक हजार ४१२ दशमलव पच्चीस क्वीनटल बिक्री भएर हाल डिपोमा ३१० दशमलय पचास क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ ।

त्यसैगरि खार्पुनाथ गाउँपालिकाको बिक्री केन्द्र याङ्चुबजारका लागि एक हजार ३२५ क्वीन्टल खाद्यान्न ढुवानी भएकोमा सवै बिक्री भएको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिका– १ को जैर बिक्री केन्द्रका लागि एक सय क्वीन्टल खाद्यान्न ढुवानी भएकोमा सवै बिक्री भई सकेको छ ।

त्यसैगरि नाम्खा गाउँपालिका– १ को लिमी बिक्री केन्द्रका लागि सात सय क्वीन्टल खाद्यान्न ढुवानी भएकोमा सवै मौज्दात रहेको छ । सो खाद्यान्न भरखरै मात्र बिक्री भएको कारण बिक्री गर्न बाँकी रहेको र अब चाँडै बिक्री गरिनेछ ।

त्यसैगरि नाम्खा गाउँपालिकाको लागि याल्वाङ बिक्री केन्द्रका लागि पनि भरखरै एक हजार क्वीन्टल खाद्यान्न ढुवानी भएर आई पुगेको र सो खाद्यान्न पनि बिक्री गर्न बाँकी रहेको छ ।