सि.टा. समाचारदाता
सिमकोट । यसअघि बिहीबार ३ वजे वस्ने मिति तय भएको कर्णाली प्रदेश सभाको बैठकको मिति पछि सरेको छ । पछि सरेको मिति अनुसार अव प्रदेश सभाको वैठक साउन ९ गते शनिवार दिनको ३ ः०० वजे वस्ने भएको हो ।
कर्णाली प्रदेश सभा सचिवालयले बिहीबार एक सुचना सार्वजनिक गरेर आजका लागि तय भएको बैठकको मिति सरेको जनाएको छ ।
सो सुचना अनुसार अव सभाको अर्को वैठक साउन ९ गते ३ः ०० वस्ने छ । सचिवालयले सार्वजनिक गरेको सुचनामा प्रदेश सभा नियमावली २०८१ को नियम ६ को उपनियम (२) र (३) वमोजिम वैठकको साउन ९ गते ३ः०० वजे वस्ने उल्लेख गरिएको छ ।
साउन ३१ गते मुख्यमन्त्री यामलाल कँडेल बिरुद्ध अविस्वास प्रस्ताव पेश गरिएको थियो र सो प्रस्ताव माथि आज बस्ने भनिएको बैठकमा छलफल हुने जनाईएको थियो ।
अविस्वास प्रस्तावमा नेपाली काँग्रेस र नेकपाका सोह्र जना सदस्यले हस्ताक्षर गरेका थिए । यसअघि दुवै दलको संसदीय दलबाट प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भई सकेको छ ।
























