सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने भएको छ । सो कार्यालयले यस आवमा सञ्चालन गर्ने भौतिक पुर्वाधार बिकास तर्फका योजना सञ्चालन गर्नका लागि उपभोक्ता समिति र निर्माण ब्यवसायीहरुका लागि योजनाहरुको बारेमा जानकारी दिने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेर त्यसको सुरुवात गरेको हो ।
चालु आवमा गर्नुपर्ने भौतिक पुर्वाधार बिकासतर्फका योजनाहरु आगामी चैत्र महिना भित्र सम्पन्न गर्ने गरि काम अगाडी बढेको र सो वारे अभिुमखीकरण कार्यक्रम आयोजना गरेसंगै कार्यक्रम कार्यान्वयन सुरु भएको कार्यालय प्रमुख ईश्वरबहादुर सिंहले बताए । आगामी मंसीर महिनासम्म साठी प्रतिशत वित्तिय प्रगति हाँसिल गर्ने र आगामी चैत महिना भित्र सवै योजनाहरुको काम सम्पनन हुने प्रमुख सिंहले बताए । कार्यालयले राखेको लक्ष्य अनुसार कार्य सम्पन्न गर्नका लागि भदौ महिनावाटै योजनाहरु कार्यान्वयन चरणमा पुगेको छ । यस आवमा सो कार्यालयले कुल साठी वटा भौतिक पुर्वाधारका योजना निर्माण गर्नु पर्नेछ । त्यसमा तीस लाख मुनीको तीस वटा र त्यो भन्दा माथिका साठी वटा योजना रहेका छन । बिकास निर्माणमा सहकार्य गरौ, गुणस्तर र पारदर्सीता कायम गरौ तथा समय मै योजना सम्पनन गरौ भन्ने नाराका साथ काम अगाडी बढेको उहाँले बताउनुभयो । यसका लागि शनिबार र आईतबार अभिमुखीकरण कार्यक्रम भएको हो । भदौ ३१ गतेसम्म उपभोक्ता समितिसंग योजना निर्माणका लागि सम्झौता गरिने छ । नौ वटा तीस लाख माथिका योजनाको टेण्डर आव्हान भई सकेको छ भने पाँच वटा टेण्डर निकाल्ने तयारीमा रहेका छन । तीस लाखका योजनाहरु कुन प्रकृयाबाट अगाडी बढाउने भन्ने बिषयमा कार्यालय छलफल मै रहेको र आवश्यकताका आधारमा अगाडी